
काठमाडौं । सिर्जनशील लघुवित्तले प्रतिकित्ता अंकित मूल्य सय रुपैयाँ दरका तीन लाख ३७ हजार २५ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनका लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सिर्जनशीलको गोलबजार ७, चोरहर्वा सिरहामा रजिस्टर्ड कार्यालय रहेको छ ।