२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौ । निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार क्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा निशानको एसयुभी किक्समा साढे दुई लाख सम्म छुट दिइने भएको छ ।

कम्पनीले डिसेम्बर २६ तारिखदेखि जनवरी २ तारिख अर्थात ११ देखी १८ पुषसम्मको अवधिमा निशान किक्स किन्ने ग्राहकको लागि आकर्षक छुट एवं अन्य सुविधा प्रदान गर्ने उल्लेख छ । कम्पनीले उक्त अबधिभर गाडी किन्ने ग्राहकलाई २ लाख ५० हजारको नगद छुट, एक वर्षको निःशुल्क इन्स्योरेन्स एक वर्षको निःशुल्क रोड कर, ३ वर्षको निःशुल्क सर्भिसिङ, ३ वर्षको निःशुल्क वारेन्टी र लोयल्टी बोनस सुविधा दिने बताएको हो ।

त्यस्तै कम्पनीले गाडीको टेस्ट ड्राइभ सुविधा पनि दिनेछ । आकर्षक गिफ्ट ह्यामपरमा ग्राहकले रेडमीको १० प्राइम मोबाइल जित्ने अवसर प्राप्त गर्न सक्नेछन । पायोनियर मोटोकर्पका अनुसार गाडीको गुणस्तर, लुक्स, मूल्य, पर्फमेन्स र कम्पनीको बिक्री पछिको सेवालगायतका कारणले किक्स ग्राहकको रोजाइमा परेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय