
काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थपिँदै गएपनि तरलता अभावमा भने कमी आएको छैन। राष्ट्र बैंकले पुसको पहिलो साता २७ अर्ब निक्षेप बढेको जनाएको थियो। यही बीचमा ७ अर्ब रुपैयाँ मात्र ऋण गएको छ।
तैपनि बैंक वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग सापटी चलाउन छाडेका छैनन्। बिहीबार मात्र ३८ अर्ब ९६ करोड ४० लाख रुपैयाँ स्थायी तरलता सुविधा चलाएका छन्।
चालु आर्थिक बर्ष मात्र बैंक तथा वित्तीय संस्थाहरुले २५ खर्ब ९६ अर्ब ९६ करोड २० लाख रुपैयाँ एसएलएफ चलाइसकेका छन्। पाँच वटा बैंकहरुले २ अर्ब २४ करोड रुपैयाँ ओभरनाइट रिपो चलाएका छन्। यसको ब्याज दर साढे तीन प्रतिशत हुन्छ।
चालु आर्थिक बर्ष मात्र बैंक वित्तीय संस्थाहरुले १७४ पटक गरेर ७२ अर्ब ५९ करोड रुपैयाँ ओभरनाइट रिपो चलाइ सकेका छन्। अब यससँगै राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाको सापटी दायित्व एक खर्ब ४९ अर्ब ४४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
तरलता सहज बनाउन विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउँनुपर्छ : अध्यक्ष उपाध्याय
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताउनु भएको छ ।
राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताउनु भएको हो । अध्यक्ष उपाध्यायले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणली मार्फत ल्याउने नीती सरकारले बनाउनु पर्ने धारणा राख्नु भयो ।
उहाँले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताउनु भयो । अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउनु भयो ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताउनु भएको छ ।
अध्यक्ष पोखरेले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र कुन कुन हुन भनेर छुट्याई दिनु पर्ने बताउनु भयो ।
त्यस्तै,नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको बताउनु भयो । उहाँले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताउनुभयो । अध्यक्ष तुलाधरले वित्तीय संस्थाहरुले उत्पादनका क्षेत्रमा कर्जा लगानी गर्नेृ गरेको बताउनु भयो ।