
काठमाडौं । रिजाल फुड् एण्ड वेभरेजेज प्रालिले आजदेखि काठमाडौं उपत्यका भित्र औपचारिक रूपमा आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने भएको छ ।
विगत ३४ वर्षदेखि स्वदेशी बजारमा प्याकेजिङ स्न्याक्स नमकिन उत्पादनहरू गर्दै आएकोमा उत्पादनलाई विस्तार गर्दै दालमोट, भूजिया, आलु भुजिया, आलु चिप्स, मुगु दालमोट लगायत उत्पादन गर्दै आएको कम्पनीका प्रवन्धक निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए ।
आन्तरिक बजारको करिब ४० प्रतिशत खपत हुनेगरी उत्पादनहरू लिएर अत्यन्त उत्साहका साथ काठमाडौंको बजारमा प्रवेश गर्न लागेको कम्पनीका प्रमुख बिक्री प्रबन्धक प्रितम रिजालले बताए । चितवनमा अत्याधुनिक प्रविधि सहितको कारखाना रहेको र करिब २०० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको जनाइएको छ ।