
काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली स्टोरी टेलर साइग्रेस पोखरेलसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । पोखरेलले नेपाली ब्रान्डसँग साझेदारी गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले कलात्मक कथाको माध्यमबाट नेपाली जनतामा सामाजिक प्रभाव सिर्जना गर्दै आउनुभएको छ ।
स्वदेशी उद्योग जस्मिन पेन्ट्सले सबैभन्दा प्रख्यात र उच्च गुणस्तरको रंग उत्पादन गर्दै आएको छ । जस्मिन पेन्ट्सले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको छ ।