बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारणसभा सम्पन्न भयो । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार एनएफआरयस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
बैकले २०७७/७८ सम्मको मुनाफाबाट कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिदै आईरहेको छ ।