२०८१ मंसिर २३ आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्म २३ अर्ब ५२ करोड ८७ लाख ४१ हजार रुपैयाँ नाफा गरेका छन्।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, असोज मसान्तसम्म १८ अर्ब ११ करोड नाफा गरेका बैंकले पछिल्लो एक महिनामा नाफा ५ अर्ब ४१ करोड रुपैयाँले बढाएका हुन्।

१० वटा बैंक अर्बपति क्लबमा पुगेका छन्। सबैभन्दा बढी नाफा एनआइसी एसियाले एक अर्ब ५९ करोड ९९ लाख रुपैयाँ गरेको छ। यसपछि नबिलको नाफा एक अर्ब ५५ करोड ६१ लाख रुपैयाँ छ।

नबिलपछि ग्लोबल आइएमइ बैंकले एक अर्ब ५५ करोड १० लाख रुपैयाँ नाफा गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब ४८ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

प्राइम बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ भने एनएमबि बैंकले एक अर्ब १८ करोड रुपैयाँ र सिद्धार्थ बैंकले एक अर्ब १५ करोड रुपैयाँ नाफा गरेको छ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब १३ करोड, मेगा बैंकले एक अर्ब १२ करोड र प्रभु बैंकले एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। बाँकी बैंकको नाफा अर्बभन्दा कम छ।

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको ३१ करोड ४२ लाख, सिभिलको ३२ करोड २८ लाख, बैंक अफ काठमाण्डूको ३७ अर्ब ५८ लाख रुपैयाँ नाफा गरेको छ।

तरलता अभावका बावजुद बैंकहरुले उच्च दरले ऋण बिस्तार गरेका कारण नाफा बढेको हो। जबकी बैंकहरुको कमिसन छुट आम्दानी प्रभावित भएको छ। राष्ट्र बैंकका कारण स्प्रेड दर घटेको छ। यी सबैले प्रभावित गर्दा पनि ऋण बिस्तार उच्च हुँदा नाफा बढेको हो।

बैंकहरुले उपलब्ध गराएको तथ्यांकका आधारमा, उनीहरुले पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्म एक खर्ब २४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।

कमिसन तथा छुट आम्दानी ९ अर्ब २ करोड २५ लाख रुपैयाँ गरेका छन्। विनिमय दर उतारचढाव आम्दानी ३ अर्ब ३१ करोड रुपैयाँ गरेका छन्। अन्य सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ गरेका छन्।

चार महिनामा बैंकहरुको कर्मचारीमाथिको खर्च १५ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ गरेका छन्। ब्याज खर्च ७८ अर्ब एक करोड ९८ लाख रुपैयाँ गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय