२०८१ माघ २४ बिहीबार

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक विभिन्न सामाग्रीहरू सरकारलाई हस्तान्तरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई विभिन्न सामाग्रीहरू हस्तान्तरण गर्नुभयो ।

आइएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप/प्रिन्टर लगायतका सामाग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको निर्देशक होवार्डले बताउनुभयो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्था अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय