
काठमाडौ । सनराइज बैंकले अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । उक्त प्लाटफर्ममार्फत् बैकिग सम्बन्धी विभिन्न सेवाहरु बैंक नगई अनलाइनमार्फत नै लिन सकिनेछ ।
सनराइज केयर विभिन्न बैकिङ सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो । यस मार्फत डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ, पिन रि–इस्यु, ग्रिन पिन चेन्ज, इकर्मस अपडेट, मोबाइल बैंकिङ ब्लक/अनब्लक लगायत सेवासम्बन्धी आवेदन अनलानइबाटै दिन सकिने पनि बैकले जनाएको छ ।
आगामी दिनहरुमा सनराइ केयरमा अन्य बैंकिङ सेवाहरु पनि थप गर्ने योजना बैकको रहेको पनि उल्लेख छ । यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ । बैंकको १६० एटिएम, १३९ बटा शाखा, १२ एक्सटेन्सन काउण्टर, ८१ शाखारहित बैंकिङ सेवा संचालना रहेका छन ।