काठमाडौं । टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हाे ।
कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको हो । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने दाबी कम्पनीको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा पाइने छ ।
१.२ लिटर इञ्जिनले ८७ एचपी पावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।
दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध रहेका छन । गाडीमा ३६ लिटर इन्धन राख्न सकिने क्षमता रहेको छ भने सो सेगमेंटमा रहेका अन्य गाडी भन्दा उत्कृष्ट रहेने कम्पनीको दावी छ ।
गाडीमा रियर भिउ क्यामेरा सहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले र एन्ड्रोइड अटो सहित को ७ इन्च इन्फोटेनमेन्ट समेत रहेको छ । यस्को बजार मुल्य ६६ लाख रुपैयाँ देखि ८६ लाख रुपैया सम्म रहेको छ ।