२०८१ माघ २५ शुक्रबार

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर लिने करदाता ४३ लाख नजिक पुगेका छन् । आन्तरिक राजस्व विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४२ लाख ९४ हजार २६८ पुगेको छ ।

सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २६ लाख १४ हजार ९३२ पुगेको छ, जुन कुल करदाताको ६० दशमलव ९ प्रतिशत हो ।

यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १६ लाख ६७ हजार ७६१ अर्थात् ३८.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.३ प्रतिशत रहेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख १ हजार ५१६ र अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख ११ हजार ८७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय