काठमाडौं । नेपालमा एमजी मोटर्सको एकमात्र आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पत्रकार सम्मेलन गरी एमजी हेक्टरको दुई प्रकारका गाडी सार्वजनिक गरेको छ ।
जसमा कम्पनीले १.५ लिटरको टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुबै भेरियन्टको सार्वजनिक गरेको हो । कम्पनीले हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ भने हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
सार्वजनिक गाडी एसयुभि क्याटेगरीमै इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू रहेका छन् । एयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीको दाबी छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
हेक्टरको नयाँ मिड–स्पेक भेरियन्टमा मिड साइज एसयूभीहरूको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा रहेको छ । एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयूभी रहेको कम्पनीको भनाइ छ । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूका ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने कम्पनीले विश्वास लिएको छ ।