काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकोमा मृतकका पति जब्बर अली तेली लाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैया तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकोमा निज मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैया नगद हस्तान्तरण गरेको छ ।
उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन विमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
बैकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताएका छन ।
बैकले देशैभरी फैलिएका १ सय ७४ शाखा, १ सय २३ ए.टि.एम. र १ सय १४ शाखा रहित बैंकिग ईकाईबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवा प्रदान गर्दै आएको छ ।
यो संगै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिग, इन्टरनेट बैकिग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्युतिय भुक्तानीका माध्यममा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको छ ।