२०८१ माघ ८ मंगलवार

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्न थालेको छ। मंगलबार डलरको भाउ ५६ दिनयताकै उच्च तहमा पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मंगलबारको ‘रिफ्रेन्स रेट’ अनुसार, अमेरिकी डलरको भाउ १२० रुपैयाँ ९८ पैसामा उक्लिएको हो।

सोमबार डलरको भाउ १२० रुपैयाँ ५७ पैसा थियो। एकै दिन डलरको भाउ ४१ पैसाले बढेको हो। ५६ दिनअघि डलर १२१ रुपैयाँ १२ पैसासम्म पुगेको थियो। त्यसपछि डलरको भाउ घट्न थालेको थियो। योबीचमा डलरको भाउ ११८ रुपैयाँ ७३ पैसासम्म झरेको थियो।

त्यसपछि डलरको भाउ क्रमस उक्लिन थालेको थियो। अघिल्लो शनिवारदेखि १२० रुपैयाँमा उक्लिएको डलर १२० रुपैयाँ ९८ पैसा पुगेको हो।

‘ओमिक्रोन’ भाइरस फैलिन थालेपछि डलर, सुन, पेट्रोलियमको मूल्य बढ्न थालेको छ। भाइरसको संक्रमण बढेसँगै भारतीय रुपैयाँ कमजोर देखिन थालेको छ। डलरको भाउ बढ्दा आयातमा धेरै पैसा खर्चिनु पर्ने हुन्छ भने रेमिटेन्स आयमा सुधार देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय