काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड १३ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले अति विपन्नका लागि शिक्षा, स्वास्थ्य सो क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थालाई साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज-नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थितिका बालबालिकालाई औषधि सामग्री प्रदान गरेको छ ।
त्यस्तै वानेश्वरको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ । सोही अवसरमा कम्पनीका सम्पूर्ण शाखा कार्यालयले विभिन्न संघसंस्थालाई सहयोग गरेका छन् । कम्पनीका अध्यक्ष कुशप्रसाद मल्ली, सञ्चालक सुरकृष्ण वैद्य, रविकृष्ण श्रेष्ठ, उपेन्द्रबहादुर कार्की, तुलसीप्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कम्पनीले काठमाडौंको प्रदशनी मार्गमा मुख्य शाखा कार्यालय र न्युरोड, सितापाइला, इमाडोल, नारायणगढ, टाँडी, महेन्द्रपुल, बेंशीशहर, बनेपा, आरुघाट, गोरखा बजार, चारआली, दमक, बिर्तामोड, धुलाबारी, मणिग्राम, भैरहवा, धनगढी, अत्तरिया, महेन्द्रनगर र कोहलपुर शाखासहित २० शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।