२०८१ चैत्र १३ बुधबार

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरीले प्यानलको नाम घोषणा गरिएको छ । चौधरीको अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरिएको हो ।

चौधरीको समुहमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

प्यानल घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी चौधरीले अटो मोबाइलको सबै क्षेत्रलाई समेटेर आफनो समुह बनाएको बताएका हुन । अटो मोबाइल क्षेत्रको समग्र हितका लागि आफू र आफ्नो टिमले काम गर्ने भन्दै उनले नाडामा सहमतिबाटै टिम छान्नुपर्ने पक्षमा आफु भएको बताएका थिए ।

‘चुनावनै गर्नुपर्ने अवस्था आए पनि हाम्रो टिमको जित सुनिश्चित छ । तर, पनि हामी सहमतिका साथ अगाडि बढ्नु संस्थाको हित हुनेछ भन्ने हाम्रो चाहना हो’ उनले भने । आफ्नो समूहमा अनुभव र जोशको उत्तम समिश्रण रहेको भन्दै उनले सोही कारण अनुकुलता र प्रतिकुलतामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडि बढ्न सक्षम रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय