काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय (टियु) बीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई बिनाधितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकले टियुको सिफारिसमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई आम्दानीका आधारमा बिनाधितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।
सम्झौतामा टियुका उपकुलपति प्राडा धर्मकान्त बास्तोला र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा टियुका आर्थिक महाशाखा प्रमुख कुमारप्रसाद हुमागाई र नेपाल बैंकका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गर्नुभएको छ ।