२०८१ पुष २९ सोमबार

काठमाडौं । नेपालमा ३०० किलोमिटरसम्म दूरी पार गर्न सक्ने पहिलो इलेक्ट्रिक पिकअप सार्वजनिक भएको छ । दिगो विकास र शुन्य कार्बन उत्सर्जन प्रदान गर्नका निम्ति ‘इलेक्ट्रिफाई योअर एडभेन्चर’ भन्ने नाराका साथ दिगोले नेपालमा जेएसी मोर्टसको यो जेएसी ई–टीएट नामक पिकअप नेपाली बजारमा ल्याएको हो ।

इलेक्ट्रिक सवारी व्यापारको माध्यम मात्र नभइ सम्पूर्ण देशको दिगो विकासमा सहयोग गर्ने माध्यम रहेको दिगोका कार्यकारी निर्देशक सौरभ श्रेष्ठले बताए । यो पिकअपमा लिथियमको आइरन ब्याट्री राखिएको छ । यसको क्षमता ६७.२ किलोवाटको रहेको छ । यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा छ ।

ब्याट्री डिसी चार्जिङ्बाट फूल चार्ज गर्न २ घण्टा लाग्छ भने फूल चार्ज गरेपछि ३०० किलोमिटर दूरी सजिलैसँग पार गर्न सकिन्छ नेपाली बजारमा यो पिकअपको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर