
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
यसै क्रममा उक्त बैंकले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा यहि मंसिर ०३ गतेबाट ८६ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होति देवि वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको बैंकले जनाएको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको बताइएको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, शेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।