२०८१ माघ ११ शुक्रबार

काठमाडौँ । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङ लगायतको नाममा एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न आग्रह गरेको छ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ अहिले ठगी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका छन् ।

उनीसहितको नाममा कोषले सोमबार सूचना जारी गर्दै ऋणको सावाँ र ब्याज तथा जरिवानाहरु चुक्ता गर्न भनेको छ । नभए उक्त ऋणको धितोमा रहेको सुन्धारास्थित सिटिसी (सिभिल ट्रेड सेन्टर) मल लिलाम गरिने सूचनामा जनाइएको छ ।

कोषले ३५ दिनभित्र ऋण चुक्ता नगरेमा धितोको रुपमा रहेको सुन्धाराको ६ रोपनी क्षेत्रफलमा अवस्थित सिटिसी मल र सोभित्र निर्माण गरिएका पसल कबलहरु लिलाममार्फत बिक्री गरेर असुल गरिने जनाएको हो ।

सिभिल स्टेट्सका संचालक इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाको नाममा सूचना जारी गर्दै उक्त ऋण तिर्न आउन आग्रह गरिएको छ । अहिलेसम्म कोषबाट उनीहरूले सिभिल स्टेट्सकाे नाममा लिएकाे ऋण रकमको भाखा नाघेको र ऋणको साँवा व्याज रकम नतिरेकाेले कोषले पटकपटक तरताकेता गरी भुक्तानीका लागि म्याद दिँदा समेत भुक्तानी गर्न नआएपछि उक्त सूचना जारी गरेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय