काठमाडौं । ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिग सेवाको सुरुवात गरेको छ ।
बैंकले सबै डिजिटल बैंकिग सेवा, मोबाइल बैंकिग एप वा वेब ब्राउजर का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो । बैंकले आइतबार देखी डिजिटल बैंकिंग सेवालाई लाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिग सेवा प्रदान गर्ने उद्देश्यले स्मार्ट मोबाइल बैंकिग एप अपग्रेड गरेको हो ।
ज्योति स्मार्ट मोबाइल बैंकिग एप अपग्रेड भए संगै बैंकका ग्राहकले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन ।
त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताले सेल्फ रजिष्टर गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवा तथा डिजिटल बैंकिग सेवा सम्बन्धी जानकारी पाउन सक्नेछन् । यो सुविधा नयाँ प्रयोगकर्ताले डाउनलोड गरि र पुराना प्रयोगकर्ताले एपलाई अपडेट गरि नयाँ सेवाको लाभ लिन सक्नेछन ।
बैंकले यसको स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने जनाएको छ । बैकको हाल १ सय शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।