२०८१ माघ २७ आईतवार

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात भएको छ ।

उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लिरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गर्नु भएको हो ।

नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नु भएको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नु हुनेछ ।

समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय