
काठमाडौं । फुटवेयर म्यानु फ्याक्चर्स एसोसिएसन अफ नेपालको २०औँ वार्षिक साधारणसभाले नानीराज घिमिरेको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको छ । एसोसिएसनका अनुसार उहाँले ६९ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी रामकृष्ण प्रसाईले ५४ मत प्राप्त गर्नुभएको थियो ।
महासचिवमा निर्वाचित ज्ञानेन्द्रप्रसाद दाहालले ८१ र प्रतिस्पर्धी ऋषिराज घिमिरेले ४० मत प्राप्त गर्नुभएको थियो । सदस्यमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशरबहादुर प्रधान, त्रिलोक श्रेष्ठ, जीवनकुमार श्रेष्ठ र शंकरकुमार गौतम निर्वाचित हुनुभएको एसोसिएसनले जनाएको छ ।