२०८१ पुष २९ सोमबार

काठमाडौं । कुनै बेला १८ घण्टासम्म लोडसेडिगं हुने नेपालमा अहिले विद्युतको उत्पादनको तुलनामा खपत कम छ । खपत हुन नसकेको विद्युत नेपाल विद्युत प्राधिकरणले भारतलाई बेच्ने गरेको छ ।

अहिले नेपालले भारतलाई विद्युत बेच्दै आएको भएपनि मंसिर लागेसंगै नेपालमै विद्युतको खपत पहिलेको तुलनामा बढेको छ । कुनै बेला नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुन्थ्यो । तर २०७३ सालको लक्ष्मी पूजाको दिनदेखि नेपालमा लोडसेडिङ्गको अघोषित अन्त्य भयो ।

अहिले नेपालका बिजुलीको कथा फेरिएको छ । यो ५ वर्षमा मुलुक लोडसेडिङको भयावह अवस्थाबाट इनर्जी स्पिल अर्थात विजुली खेर जानुको चुनौतीपूर्ण अवस्था तथा भारत बिजुली निर्यातको सुरुआत भएको गौरवपूर्ण अवस्थामा आइपुगेको छ ।

अहिले विद्युत उत्पादनको तुलनामा खपत कम छ । यस्तोमा नेपाल विद्युत प्राधिकरणले खपत हुन नसकेको विद्युत भारतलाई बेच्दै आएको छ । बर्षेनी अर्बाैको घाटा बेहोर्दै आएको प्राधिकरण पछिल्लो बर्ष अर्बौ नाफा कमाउदै आएको छ । अहिले नेपालले १४ सय मेगावाट भन्दा बढि विद्युत उत्पादन गरीरहेको छ ।

विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा १ लाख २१ हजार ९ सय मेगावाट विद्युत् भारतको बिहार निर्यात भएको छ । यो अवधिमा नेपालले भारतबाट १ लाख ११ हजार ६ सय मेगावाट विद्युत आयात गरेको छ । मंसिर लागेसंगै नेपाली बजारमा विद्युतको खपत बढेको छ ।

नेपालका अन्य सरकारी संस्था बर्षौदेखि घाटामा चलिरहेका छन् । इच्छा शक्ति हुने हो भने नेपाल बिद्युत प्राधिकरण जस्तै अन्य सस्थालाई समेत नाफामा लैजान धेरै समय कुर्नु पर्ने थिएन ।

प्राधिकरणलाई मुनाफामा लान आपूर्ति र मागको व्यवस्थापनसंगै कर्मचारी र कुशल नेतृत्वका कारण सम्भव भएको प्राधिकरणको भनाइ छ । नेपालमा धेरै भएको बिजुली भारत निर्यात भएसंगै नेपालमा उर्जा क्षेत्रमा नयाँ युग सुरु भएको छ । अहिले प्राधिकरणले विद्युतको खपत बढाउन नागरीक तथा उद्योगीहरुलाई अपिल गरीरहेको छ ।

उद्योग विद्युत उपयोगको ठुलो स्रोत भएकाले सबै उद्योगले विद्युत पाएमा नेपालमा उत्पादिन विद्युतले देशभित्रै बजार पाउनेछ । यस्तै नागरीकका घरघरमा विद्युतीय चुल्हो, सिचाईं, सवारी लगायतका अन्य क्षेत्रमा पनि विद्युतको उपयोग बढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर