२०८१ माघ २५ शुक्रबार

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले कृषि विकास परिषद् गठन गरेको छ । सिएनआई राष्ट्रिय सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन गरेकोे हो । सिएनआईका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा को-अर्डिनेटिङ उपाध्यक्ष हुनुहुन्छ ।

परिषद्को सदस्यमा पवनकुमार गोल्यान, प्रेम लामा, डा. दिल्लीराम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ हुनुहुन्छ । पहिलो चरणमा परिषद्ले नमुनास्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकलाई उपलब्ध गराउने योजना रहेको सिएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय