२०८१ मंसिर २१ शुक्रबार

सुरुवाती दिनमा क्यूआर कोडलाई हेरेर कसैले अनुमान लगाउन सकेको थिएन होला, यो आज नेपाल जस्तो विकासशील मुलुकका खुद्रा पसल र चोक बजारका तरकारी पसलमा भुक्तानी स्वीकार गर्ने भरपर्दो माध्यम बन्न सक्छ भनेर । सवारी साधनका पार्टपुर्जाको लगत राख्ने प्रयोजनका लागि बारकोडको क्षमता विस्तार गर्ने गरी सुरु भएको यस चित्रमा आधारित भुक्तानी उपकरणको पर्याप्त अक्षर, अङ्क र सङ्केतहरू भण्डार गर्न सक्ने क्षमताका साथै प्रयोग गर्न सहज भई न्यून जडान शुल्कले गर्दा छोटो समयमा लोकप्रिय हुन सफल भयो ।

सन् २०१२ तिरै नेपाली बजारमा प्रारम्भ गरिए पनि भुक्तानी स्वीकार गर्ने पर्याप्त पसल (मर्चेन्ट)हरू उपलब्ध नभएको र भरपर्दो मोबाइल इन्टरनेट सुविधाको अभावले विस्तार हुन नसकेको क्यूआर कोड सन् २०१७ तिर द्रुत गतिको इन्टरनेट सेवा विस्तार र युवा वर्गको जागरुकताका कारण बजारमा पुनःप्रवेश पाउन सफल भयो ।

प्रारम्भिक दिनमा निजी क्षेत्रको एकल प्रयासमा प्रवद्र्धित क्यूआर कोड प्रयोग पछिल्लो समयमा नियामक निकायको नीतिगत सहयोग, जनचेतना अभिवृद्धिका साथै कारोबारका क्रममा प्राप्त हुने छुट, नगद फिर्ता (क्यासब्याक) लगायतका प्रोत्साहनका कारण पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको छ । क्यूआरमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाउन ध्यान दिनुपर्ने केही सामयिक पक्षहरू यस प्रकार रहेका छन्  :

सर्वसुलभ इन्टरनेट सेवा
क्यूआरमार्फत भुक्तानी अभिवृद्धि गर्न इन्टरनेट सञ्जाल विस्तार गर्ने, शुल्क नलाग्ने वाईफाई क्षेत्र विस्तार गर्नुका साथै सरकार र सेवा प्रदायकहरूको सहकार्यमा भुक्तानीका एप्लिकेसनहरू प्रयोग गर्दा खर्च हुने मोबाइल डाटा न्यूनतम शुल्कमा उपलब्ध गराउन आवश्यक पहल हुनुपर्ने देखिन्छ ।

भुक्तानी गर्ने एप्लिकेसनबाट मात्र भुक्तानीसम्बन्धी क्यूआर स्क्यान गर्ने तथा हानिकारक क्यूआर कोड स्क्यान गर्नबाट रोक्ने विशेषता पनि भुक्तानी एप्लिकेसनमा विकास गर्न सकिन्छ । उल्लिखित तरिकाका अतिरिक्त क्यूआर प्राप्त गर्न मर्चेन्टहरूले पालना गर्नुपर्ने शर्त, ग्राहक पहिचान विवरण र करसम्बन्धी अनुपालनाका मापदण्डहरू खुकुलो गर्नु उपयुक्त हुन्छ ।

जनचेतना र ग्राहक शिक्षा, भाषा
नवीनतम प्रविधिको बारेमा सञ्चार माध्यम र प्रकाशनमा मात्र नभई विद्यालय शिक्षा, अनौपचारिक शिक्षा र जनचेतना शिविर आयोजना गरी प्रयोगकर्तालाई जागरुक बनाउन सकिन्छ । साथै, यस प्रविधि सम्बन्धी पाठ्यसामग्री, मोबाइल एप्लिकेसन र सहायता कक्षमा नेपाली र स्थानीय भाषाको प्रयोगलाई समेत अनिवार्य गर्नुपर्छ । सञ्चार माध्यमले प्रकाशन गर्ने अधुरो, अपुरो र भ्रामक जानकारीलाई खण्डन गर्दै सम्बन्धित निकायले स्पष्टीकरण प्रकाशित गर्ने बानीको विकास गर्नु उपयुक्त हुन्छ ।

अन्तरआवद्धता
बजारमा अनेक नामबाट संचालित सेवाप्रदायक र फरक संस्था र बैंकमा आवद्ध भै अभ्यस्त भएका प्रयोगकर्तालाई एकै छाता अन्तर्गत ल्याउन क्यूआर कोड जारी र स्वीकार गर्ने सबै संस्था (एप्लिकेसन) हरूबीच अन्तरआबद्धता गराउने र यसरी भएको कारोबारको राफसाफ मर्चेन्टको आफ्नो बैंक वा वालेट खातामै हुने गरी भुक्तानी संजाल तयार गर्नुपर्छ । यसका लागि नियामक निकायले क्यूआर र भुक्तानी राफसाफ सम्बन्धी मापदण्ड बनाई लागु गराउनुपर्ने हुन्छ ।

एकीकृत प्लेटफर्म
नेपालमा हाल उपलब्ध क्यूआरमा आधारित भुक्तानी गर्दा वालेट वा बैंक खाता मात्र डेबिट गर्न मिल्ने अवस्थाका साथै हरेक वालेट र बैंकका लागि अलगअलग एप्लिकेसन राख्नुपर्ने झन्झटलाई समाधान गर्दै सबै वालेट, बैंक खाताका साथै (डेबिट, क्रेडिट) भुक्तानी कार्डहरूसमेत लिङ्क गर्न मिल्ने गरी एकीकृत क्यूआर भुक्तानी एप्लिकेसनको विकास गर्नुपर्छ । यसो गर्दा संस्थाहरूको दोहोरो खर्च र प्रयोगकर्ताको झन्झट न्यूनीकरण मात्र नभई नियमन र नियन्त्रण गर्नसमेत सहज हुने देखिन्छ ।

सुरक्षा सतर्कता
क्यूआर कोडमा के जानकारी लुकेको छ र स्क्यान गर्दा कहाँ पुगिन्छ भन्ने कुरा प्रयोगकर्तालाई अग्रिम रूपमा जानकारी नहँुदा अनाहकमा आफ्नो मोबाइल फोनमा हानिकारक सफ्टवेयर तथा भाइरस इन्स्टल गरिएको मात्र होइन तोडमोड गरिएको क्यूआर कोडमार्फत भुक्तानी गर्दा चीनमा लाखौँ युआनको चोरी भएको समाचार प्रकाशित भएको छ । चीनमा प्रकाशित तथ्याङ्क अनुसार २४ प्रतिशतभन्दा बढी भाइरस (ट्रोजन) हरू क्यूआर कोडमार्फत पैmलिरहेका छन् । यस प्रकारको सुरक्षा चुनौती सम्बोधन गर्न प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गर्दा निकै सावधानी अपनाउन सचेत गराउनुपर्छ ।

साथै, भुक्तानी गर्ने एप्लिकेसनबाट मात्र भुक्तानीसम्बन्धी क्यूआर स्क्यान गर्ने तथा हानिकारक क्यूआर कोड स्क्यान गर्नबाट रोक्ने विशेषता पनि भुक्तानी एप्लिकेसनमा विकास गर्न सकिन्छ । उल्लिखित तरिकाका अतिरिक्त क्यूआर प्राप्त गर्न मर्चेन्टहरूले पालना गर्नुपर्ने शर्त, ग्राहक पहिचान विवरण र करसम्बन्धी अनुपालनाका मापदण्डहरू खुकुलो गर्नु उपयुक्त हुन्छ । बजार विस्तार र प्रयोगकर्तालाई आकर्षित गर्नका लागि ल्याइएका छोटो अवधिका आकर्षक योजनाको समाप्तिपश्चात् प्रयोगकर्ता स्वतः पुरानो पद्धतिमै फर्कने जोखिम हुने भएकाले दीर्घकालीन सहुलियतको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

नियामक निकायले ग्राहकको हितका साथै सेवाप्रदायकले मर्चेन्टबाट असुल गर्ने कमिसनलाई नियमन गरी बजारमा हुन सक्ने जानकारीको असमान वितरण र अस्वस्थकर प्रतिस्पर्धालाई निरुत्साहित गरे मात्र मर्चेन्टहरू यस प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्न तयार हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय