
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालीहरूको को महान् चाड दशैंतिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ ।
कात्तिक ३० सम्म चल्ने अफरअन्तर्गत धेरै उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
अफरमा तीन भाग्यशाली ग्राहकले बम्पर पुरस्कारमार्फत् कोन्का ६४ इन्च टिभी वा कोन्का ७ के फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन् ।
साथै प्रत्येक हप्ता १२ भाग्यशालीले सी ११, २०२१ र प्रत्येक दिन एक सय ८० भाग्यशालीले कोन्का भ्याकुम क्लिनर वा कोन्का डिलक्स राइसकुकर वा कोन्का आइरन वा कोन्का होम थियटर स्पिकर जित्ने मौका प्राप्त गर्ने बताइएको छ ।