२०८१ माघ २४ बिहीबार

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रालिले २ लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ ।

यसको शुरुवाती नेपाली मूल्य १ करोड ९९ लाख रुपैया रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिग मुल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने लक्ष्य जिओ अटोमोवाइल्सले लिएको छ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो ।

परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिगले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँने कम्पनीले जनाएको छ ।

जि.ओ. अटोमोवाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार फोर्ड एभरेष्टको साथ प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय