
काठमाडौँ । नेपाल र भारतबीच उद्योग प्रवर्धन र व्यापार सहजीकरणका विषयमा छलफल भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवको प्रतिनिधि मण्डलबीच भएको बैठकमा सचिव भट्टराईले वाणिज्य क्षेत्रमा देखिएका समस्या आपसी संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
बैठकमा दुई मुलुक बीचको आपसी हित, उद्योग प्रवर्धन र व्यापार बिस्तारका लागि नियमित छलफल गरेर अघि बढ्नुपर्नेमा भारतीय प्रतिनिधि मण्डलले जोड दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिनुभयो ।
यस किसिमको छलफलले नेपालको बढ्दो व्यापार घाटा कम गर्न थप सहयोग पुग्ने प्रवक्ता डा.नारायण रेग्मीले बताउनुभयो ।