२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पे-रोल लोन योजना ल्याएको छ ।

यस योजना अन्र्तगत सन्राइज बैंकमा सनराइज पे रोल सेभिङ एकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्नेछन् ।
योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको (ओभर ड्राफ्ट) र रु १० लाख सम्मको टर्म लोन गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ ।

साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय