काठमाण्डौ । प्रभु मनी ट्रान्सफरले ग्राहकका लागि चाडपर्वका अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ।
यसपालिको दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रभु मनी ट्रान्सफरले यो योजना ल्याएको हो। यस योजनामा प्रभु मनी ट्रान्सफरबाट सेवा लिने ग्राहकहरु प्रत्यक्ष रुपमा भाग लिन सक्नेछन्।
यस योजनाअन्तर्गत प्रत्येक दिन एकजना ग्राहकले ७ हजार रुपैयाँ पुरस्कार जित्न सक्नेछन्। यो योजना यो योजना प्टेम्बर ३० देखि नोभेम्बर १० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।
प्रभु मनि ट्रान्सफरले विदेशमा रहेका नेपालीले पठाउने पैसा देशभरका जुनसुकै स्थानमा भुक्तानी गर्छ।