२०८१ माघ २४ बिहीबार

काठमाडौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान) ले नवनिर्वाचित आइक्यान पार्सदलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा संघका पुर्ब अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस क्षेत्र सम्बद्ध व्याक्तिको उपस्थीति रहेको थियो ।

सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका नबनिर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरे ।

सो अवसरमा नेपाल अडिटर यसोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरिक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले भनाई राखेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदक द्धारा विभुषित भएका संघ तथा संस्थाका पुर्ब अध्यक्ष नारायण बजाज, आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरीएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय