२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । गत चैतयता ६ महिना अवधिमा १२ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डको तथ्यांक अनुसार चैत २० गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा उक्त संख्याका कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि आवेदन दिएका हुन् । यी कम्पनीउपर बोर्डले प्रारम्भिक समीक्षा गर्दै छ ।

१२ कम्पनीले कुल २ करोड ५५ लाख ३५ हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । पाइपलाइनमा रहेका सो कम्पनीहरूमा अधिकांश अर्थात् आठवटा हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।

आईपीओका लागि आवेदन दिएका कम्पनीहरूमा सयपत्री हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावर, थ्रीस्टार हाइड्रोपावर र राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी रहेका छन् ।

उक्त कम्पनीमध्ये रिलायबल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ६० लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको हो । यस्तै दोस्रोमा मोलुङ हाइड्रोपावरले ३५ लाख ३१ हजार, तेस्रोमा रिभर फल्स पावरले ३४ लाख ३० हजार र चौथोमा अप्पर सोलुले ३३ लाख ७ हजार कित्ता आईपीओका लागि आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर