२०८१ चैत्र ५ मंगलवार

काठमाडौं । शाओमी नेपालले ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम नेपालमा सार्वजनिक गरेको छ । रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ ।

यसमा प्रभावशाली ९० हर्जको ६.५ इन्चको एफएचडी, एडप्टिभ सिन्क डिस्प्ले रहेको छ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६ हजार एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी रेडमीप्रति रहेको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्‍याएको बताए ।
‘रेडमीले हरेक कन्टेन्ट क्रिएटरहरहरूलाई नयाँ टेक्नोलोजीसँग पहुँचयोग्य बनाउने प्रतिज्ञा पूरा गर्दै, रेडमी १० प्राइम मुख्यधाराको उपकरण क्षेत्रमा एक कदम अगाडी रहेको छ’ उनले भने ।

रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरा रहेको छ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरूलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । ४जीबी+६४जीबी र्याम भएको स्माट फोनको मूल्य २१ हजार र ६ जीबी+१२८ जीबी र्‍याम भएको स्मार्ट फोनको मूल्य २४ हजार रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय