२०८१ पुष २९ सोमबार

काठमाडौं । मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ। दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो।

त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ। उक्त योजनामा दुई वर्षसम्म भिसा, डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क व्यवस्था गरिएको छ।

लकर शुल्कमा दुई वर्षसम्म ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर