२०८१ माघ २५ शुक्रबार

काठमाडौं । विगत ९ वर्ष देखि मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको आई पे रेमिट प्रालिले हरितालिका तीजलाई लक्षित गरि घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर विजेता घोषणा गरेको छ ।
फेसबुक लाइभ मार्फत आई पे रेमिट प्रालिकी ब्राण्ड एम्बेण्डर वर्षा शिवाकोटीले लक्की ड्र मार्फत विजेता घोषणा गरिन । हरेक दिन ५ जनालाई ५०० टपअप तथा सार्वधीक लाइक र भ्युजको आधारमा १ जनाले १० हजार र बम्पर १ जनाले गरि ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हातपार्न सफल भएका छन ।

बम्पर विजेतामा रञ्जु देवकोटा छनोट भएकी छन भने, सार्वधिक लाइक र भ्युजको आधारमा अम्बिका भुषाल छनोट भएकी छन ।

सधैँ ग्राहकहरुको हितमा कार्य गरी अगाडी बढि रहेको आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैँ जाने आई पे रेमिट प्रालिका बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी गराए । साथै आई पे रेमिट प्रालिले छिटै दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु रहने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय