काठमाडौ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिदै गरेको दशैं र तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहार पाउन सकिने कम्पनीले बताएको छ ।
५५ हजार रुपैया सम्मको महाबचत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, तीन दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था गरेको छ ।
योजना अन्तर्गत सिजीका कुनैपनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टी समावेस गरिएको छ । कम्पनीले यो योजना २५ भदौ देखि सिमित अवधिका लागि लागु हुने जनाएको छ ।















