
काठमाडौ । सुजल फुडस प्रालिको उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ । ‘ओन्ली चोकोफोन’ भन्ने संदेश बोकेको यस अभियानलाई आकर्षक ढंगले टेलिभिजन बिज्ञापन मार्फत प्रस्तुत गरिएको छ ।
चोकोफन देशकै पहिलो र चकलेट वेफर हो । यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बिगत २० वर्षदेखि बस्दै आएको छ । यस बिज्ञापन अभियान मार्फत बालबालिकाको हरेक रमाइला पललाई चोको फोनाको साथले मात्र पूर्णता दिने पनि सन्देशमा उल्लेख छ ।
बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको सुजल फुड्सले अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गर्छ । क्रिस्पि र क्रन्ची वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।