२०८१ मंसिर २२ शनिबार

काठमाडौ । लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले रेमिट टु नेपाल प्रालिको मुलुकभर रहेका सबै एजेन्सि मार्फत भुक्तनी लिन सक्नेछन् ।

साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपाल मार्फंत पठाएको पैसा ग्राहकले बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टूकोे तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा ए. टि. एम का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एविविएस, मोवाइल बैकिग, एटिएम, लकर लगायतका बैंकिग सेवा उपलब्ध गराउँदै आएको छ ।

यो संगै बैकले आफनो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७४ हजार ग्राहकलाई सरल एवं सुरक्षित बैकिग सेवा प्रदान गर्दै आइरहेको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय