२०८१ माघ २५ शुक्रबार

काठमाडौं । नेपालस्थित हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यु टुसान’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हुन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।

‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनका कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो हिृवलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय हिृवल, टु हिृवल र फोर हिृवल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीको दाबी छ ।

नेपाली बजारमा नयाँ जेनेरेसन टुसानका विभिन्न चार भेरियन्ट उपलब्ध हुनेछन् । जसमा जीएलएस टु हिृवल ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु हिृवल ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु हिृवल ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर हिृवल ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा रहेको छ । जीएलएस टु हिृवल ड्राइभ म्यानुअल (पेट्रोल) को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय