काठमाडौं । खल्तीले जेएलपीटीसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षण आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।
विगत वर्षमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू जेएलपीटीको कार्यालय भृकुटीमण्डपमै पुगेर घण्टौं लाइन बसी शुल्क तिनुपर्ने अवस्था थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । सो सम्बन्धमा जेएलपीटीका अध्यक्ष पूर्णकाजी प्रजापती र खल्तीका प्रबन्धक जोनाम भुर्तेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको खल्तीले जनाएको छ ।
जेएलपीटी जापानी भाषासम्बन्धी ज्ञान परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । जसले जापानिज भाषा पढ्न, सुन्न र बोल्न सक्ने दक्षताको परीक्षण तथा मूल्यांकन गर्छ । परीक्षण वर्षको एकपटक हुने गरेको छ । आवेदन शुल्क तीन हजार रुपैयाँ रहेको छ ।
आवेदन फारम संख्या सीमित भएकाले सिट संख्या सकिएपछि निर्धारित समयअघि नै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतःबन्द हुने बताइएको छ । फारम भर्ने मिति भदौ २२ देखि असोज २ गतेसम्म रहेको छ । ५ डिसेम्बरमा सञ्चालन हुने परीक्षामा उत्तीर्ण भई छनोट हुने एक हजारजना रोजगारीका लागि जापान जान पाउने बताइएको छ ।