२०८१ मंसिर २२ शनिबार

काठमाडौँ । सरकारले कोरोना भाइरसका कारण प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोनाको सङ्क्रमणको कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साबिकमा सञ्चालित खरिदसम्बन्धी ठेक्का सम्झौताको म्याद थप भएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

बन्दाबन्दी वा निषेधको आदेशका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था छ ।

आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरकारलाई थप दायित्व नपर्ने गरी खरिद सम्झौताको म्याद चैत मसान्तसम्म थप गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय