२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले भारी दक्षिणासहितको ‘दसैं दक्षिणा’ योजना प्रस्तुत गरेको छ । योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाख, दुई लाखमात्र नभएर छ लाख रुपैयाँसम्मको दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनसस्वरूप प्राप्त गर्न सक्नेछन् । त्यस्तै पूरै पैसा तिरेर नयाँ सवारी खरिद गरेमा ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म छुट पाउने पनि कम्पनीले जनाएको छ ।

साथै योजनाअन्तर्गत ग्राहकले आकर्षक व्याजदरसहितको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्ने बताइएको छ । जसका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभले इन-हाउस फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको छ ।

अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने प्रोटोन एक्स ७० को ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय