२०८१ माघ २ बुधबार

प्रभु बैंक लि. र काठमाण्डौ, मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (GATE College) वीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र GATE College का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत खेम राजलकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र गेट कलेजका विच सम्पन्न सम्झौताबमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्तकलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम रु. ५,००,०००।– सम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।

शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटनजस्तो प्राविधिक विषयमा उच्चशिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्चशिक्षा हासिल गर्नआर्थिक रुपमा सहयोग पुग्नेछ ।

योे सम्झौतापश्चात् उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्चशिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ र यो सम्झौताले होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय