
काठमाडौं । नेपालमा रेमिटेन्स भित्र्याउन अब्बल रहेको आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ ।
भाद्र १४ गते बाट सुरु यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ । भाद्र २४ गते सम्म संचालन हुने टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्र मार्फत बम्पर क्यास प्राइज रु २०,००० जित्ने मौका पाउने छन ।
साथै सो च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्र मार्फत रु. ५०० को टपअप पाउनेछन, भने सर्बाधिक लाइक आएको कुनै एक प्रत्योगीले नगद पुरस्कार रु.१०,००० जित्ने मौका पानेछ ।
मलेशिया, जापानलगाएत विश्वका विभिन्न मुलुक बाट रकम ल्याईरहेको आई पे रेमिट ले रियल टाईम एकाउन्ट डिपोजि सुविधा साथै नेपाल भर छरिएररहेको १२००० भन्दा बढि भुक्तानि काउन्टरबाट ग्राहकवर्गहरुलाई सुविधा दिदैं आइरहेको छ ।
अघिल्लो वर्ष पनिआयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने कम्पनीको अपेक्षा छ ।