२०८१ माघ ८ मंगलवार

नविल बैंकले पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता, विकास र वित्तीय पहुँच पढाउनका लागि पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग साझेदारी गरेको छ ।

पनौती नगरपालिकामा वित्तीय पहुँच बढाउनका लागि भएको सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भिम न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त साझेदारीअनुसार नगरपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यमशीलतासम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम\तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय