२०८१ मंसिर २४ सोमबार

सौर्य अनलाइन२०७८ भदौ १० गते १२:३८ मा प्रकाशित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटेर महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई सहयोग गर्ने विषयमा छलफल गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलिले सो छलफल गरेको हो ।

नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।

सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय