२०८१ माघ ११ शुक्रबार

काठमाडौं । बेष्ट फाईनान्स कम्पनीले काठमाडौको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले उक्त शाखा सोही वडाको न्युरोड, पिपलवोटस्थित रमा गृहभवनमा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।

नँया शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिकी महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरे ।

कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो । नेपालका ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत आफनो सेवा दिदै आएको छ ।

संस्थाको प्रधान कार्यालय कमलादी काठमाडौमा रहेको छ । संस्थावाट हाल डिजिटल बैकिङ्ग सेवालगायत नेपाल राष्ट्र बैकको नीतिबमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय