२०८१ मंसिर २२ शनिबार

काठमाडौ । कुमारी बैंक लिमिटेड र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरी वीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने उल्लेख छ ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न बैंकले आफ्ना देशव्यापी १ सय ९६ शाखा सञ्जाल, १ सय ६५ एटिएम, २८ शाखा रहित बैंकिग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिँदै आएकोे छ ।

आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधार सुदृढ पार्दै जाने प्रतिबद्धता ब्यक्त गरिउको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय