२०८२ फाल्गुन ६ बुधबार

काठमाडौं । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा विश्वभर विस्तार गरेको छ । कम्पनीले यही अगस्ट २३ तारिख देखि लागु हुने गरी उक्त योजना विश्वभर विस्तार गरेको हो ।

कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारीसहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन ।

गत फ्रेवुअरीमा फ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्यान्डसमा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रूपले युरोपका अरू केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिकामा पनि सेवा विस्तार गरेको हो । यस विश्वव्यापी कार्यान्वयनसँगै अब उक्त सेवा ७२ राष्ट्रमा विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय